मुटुमा प्वाल भएकी सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने

मुटुमा प्वाल भएकी सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका १ स्थित जमुवा टोलका लाल किस्कुकी ६ वर्षीया सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने भएको छ । मुटुमा प्वाल परेपनि आर्थिक अभावले परिवारले बालिकाको उपचार गराउन नसकेको विषयमा आवर विराटनगरले साता अगाडी समाचार प्रकाशित गरेको थियो ।


बुधबार रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया चिकित्सकसहित किस्कु परिवारको घरमा पुगेर बिरामीको अवस्था बुझ्नु भएको हो । अवस्था बुझेपछि मेयर बगडीयाले बालिकाको उपचारका लागि सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने घोषणा गर्नु भएको छ ।

रंगेली अस्पतालका मेसु रोहिन्द्र पाण्डेसहित बिरामीकै घरमा पुग्नु भएका मेयर बगडीयाले बालिकाले यस अगाडी उपचार गराउँदा चिकित्सकले गरेको सिफारिस अध्ययन गराउनु भएको थियो । चिकित्सकको सिफारिसमा बेटर अस्पताल रिफर गरिएको देखिएपछि नगरपालिकै एम्बुलेन्समा राखेर उपचारका लागि पठाउनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।

उपचारका लागि पठाउने बालिकासहित बुबा र आमाको स्वाब संकलन गरेर पीसीआर परीक्षणपछि सभ्यतालाई काठमाण्डौं पठाउने तयारी समेत बुधबारदेखि नै थालिएको हो ।


ढेडवर्ष अगाडी श्वासप्रश्वासमा समस्या भएपछि बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि.मा वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तवसँग सभ्यताको उपचार परिवारले गराएका थिए । त्यस क्रममा नै उनको मुटुमा प्वाल परेकोले बेटर अस्पताल लैजानु पर्ने चिकित्सकले सुझाव दिएका थिए ।
उपचारका लागि आर्थिक अभाव भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो । त्यसको प्रभावले छोरीको उपचारको जिम्मेवारी नगरपालिकाले लिएको भन्दै बालिकाका बुबा लाल किस्कुले सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्