विराटनगर । धनकुटा महालक्ष्मी –९ सिरिसे बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर भत्कँदा धनबहादुर सामान्य घाईते भएका छन् । साथै सोही घरको मुनी रहेको एउटा भैँसी र एउटा गाई समेतको पुरीएरै मरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।