विराटनगरको बिके.एम.मसला उद्योगका सञ्चालकलाई दुईलाख जरिवाना

विराटनगरको बिके.एम.मसला उद्योगका सञ्चालकलाई दुईलाख जरिवाना

विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोल स्थित बिके.एम मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ ।
मसलाको मूल्य अध्याधिक बृद्धि गरेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा वबक्री भईरहेको पाइएपछि वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले जरिवाना तोकेको हो ।

 

लकडाउनको बाहानामा विराटनगरका बजारमा तरकारी, खाद्यन्न लगायतको मूल्यमा बृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।
गरम मसलाको मूल्य १५० प्रतिशत भन्दा बढि बृद्धि गरिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मूल्य लिएमा २ लाख देखि ३ लाख रुपैयासम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ ।

कार्यालयले त्यहि प्रावधानमा टेकेर पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ती मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएको गुनासो आएपछि बजार अनुगमनलाई तिव्रता दिइएको हो ।

संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपभोक्तालाई ठगी गर्ने जथाभावी मूल्य लिने उद्योग व्यापारी सबैलाई अनुगमन गरी कारवाही गर्ने बाणिज्य कार्यालय विराटनगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्