दुई बालिकाको मृत्यु

दुई बालिकाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड र सुनसरीको धरानमा दुईजना नाबालिकाको मृत्यु भएको छ ।
झापा बिर्तामोड–५ मा घरको छतबाट झरेर १३ वर्षीया कृतिका भण्डारीको घरको छतबाट झरेर र धरान–१४ दुईधारेमा ३ वर्षीया एबिसा राईको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

झापाकी १३ वर्षीया भण्डारी बिहीबार राती १० बजे घरको छतबाट झरेकी हुन् । खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन् । मावली घरकै चारतला माथीको छतबाट झरेर उनको मृत्यु भएपछि घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी धरान १४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको छ । हिजो बिहान पौने १२ बजे आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा एबिसा गम्भिर घाईते भएकी थिईन । उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

साथै उनीसंगै रहेकी उनकै दिदी ८ बर्षीया नेबिस राई समेत रुखको हांगाले लागी घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्