ब्राउन सुगरसहित ३ जना पक्राउ

<span class='c1'>ब्राउन सुगरसहित ३</span> <span class='c2'>जना पक्राउ</span>

झापा । झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिर्तामोड(३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन ।

बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ ।

बिशेष सुराकका आधारमा उनिहरुलाइ बिहीबार राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्