वीपीमा २ जना पुरुषको मृत्यु

वीपीमा २ जना पुरुषको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः दुईजना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको शुक्रबार ८ः३० बजे र सप्तरी राजविराज–३ का ७० वर्षीय पुरुषको बिहीबार राती ११ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार कानेपोखरी–१ का पुरुष आन्द्राको क्यान्सर पीडित हुनुहुन्थ्यो । वीपीमा असोज ५ गते भर्ना गरिएपछि कोरोना संक्रमण पोजेटिभ देखिएपछि ८ गते वीपीकै कोभिड अस्पतालमा सारेर उपचार सुरु गरिएको थियो ।
यसैगरी सप्तरी राजविराजका बृद्धलाई गजेन्द्रनारायण सिंह अस्पतालबाट भदौ २५ गतेदेखि उपचाररतः हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २८ गते वीपीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

मृतक दुवैको शव नियमानुसार व्यवस्थापन गरिएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसँगै वीपीमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार बिहीबारस्म्म प्रदेश १ मा हालसम्म ५९ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्