निरन्तरको बर्षाले प्रदेश राजधानी विराटनगर डुवानमा (फोटो फिचरसहित)

निरन्तरको बर्षाले प्रदेश राजधानी विराटनगर डुवानमा (फोटो फिचरसहित)

विराटनगर । विगत ४ दिनदेखी परेको अविरल बर्षको कारण प्रदेश १ को राजधानी विराटनगरको अधिकांश क्षेत्र डुवानमा परेको छ ।
गत मंगलबार बिहानदेखी परेको अविरल वर्षाको कारण विराटनगरको दक्षिणवर्ति क्षेत्र बढी प्रभावित भएको हो ।

पानीको निकास नभएका कारण सामान्य वर्षाले पनि विराटनगर १५ डुवानमा पर्ने गरेको छ । घर घरमा पानी पसेपछि स्थानियवासीले बिहीबार सडकमा चक्का जाम समेत गरेका थिए । निरन्तरको बर्षाले गर्दा सर्बसाधरणको घरहरु पुरै डुवानमा परेका हुन् ।
नियमित वर्षा भइरहेको र पछिल्लो केहीदिन यता निरन्तर परेको पानीले गर्दा अधिकांश क्षेत्रमा पानी जमेर जनजीवनलाई कठिन बनाइदिएको विराटनगर १५ का वडाध्यक्ष असलम आलमले जानकारी दिनुभयो ।


विराटनगरको उत्तरी भेकबाट आएको पानीले निकास नपाउँदा यहाँका धेरै घर डुवानमा परेका छन्, वडाध्यक्ष आलमले भन्नुभयो,–पानीको निकास हुने साइफन थप गर्न महानगरपालिका र सडक विभागलाई पनि जानकारी गराएको छु ।
विराटनगरको दक्षिण भेग डुवानमा परेपछि शुक्रबार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलासहितको टोलीले निरीक्षण गर्नुभएको थियो ।


लगातार परेको वर्षाको कारण विराटनगरको उत्तरी भेगका वडा न १, २, ३, १२, १३, १४, १५, १६, १७ र १८ वडाका अधिकाशं घरमा पानी पसेर डुवान भएको छ । विराटनगरको दक्षिणी क्षेत्रका अधिकाशं बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । नगर क्षेत्रका बाटाघाटा जलमग्न भएपछि साधारणलाई सवारी साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ ।
सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कार जस्ता साना सवारी साधनहरु चलाउनसमेत समस्या भएको छ । वर्षाले गर्दा स्कुल, अस्पताल, बैंक , सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी पसेर हैरानी थपिदिएको छ । विशेष गरी निर्मांण कम्पनीहरुले नाला भन्दा सडकको उचाई अग्लो बनाएका कारण आज यो समस्या आई परेको स्थानियको गुनासो छ ।

विशेष गरी दक्षिणी भेगको वडा नम्बर १५ मा स्थानियवासीको घरमा पानी पसेपछि मेयर भीम पराजुलीले ६ लेन परियोजनालाई तत्काल यसको विकल्पको लागी साइफन राख्न आग्रह गर्नुभएको छ । यसको लागी नसके महानगरले आफै नै बजेट हालेर यसको लागी सहयोग गर्ने आस्वसन दिनुभएको छ ।

यसैगरी विराटनगर–३ कन्चनबारीको राजबंशी टोल, वन कार्यालय क्षेत्रमा पनि डुबान भएको छ । घरमा बसिरहेका नागरिक विस्थापित भएर आफन्तको सर्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्