जिल्ला अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा

जिल्ला अस्पतालको भेन्टिलेटर निजी अस्पतालमा

सङ्खुवासभा जिल्ला अस्पतालको भेन्टिलेटर छ महिनादेखि तुम्लिङटारमा रहेको निजी अस्पतालमा छ । तुम्लिङटारमा रहेको मनकामना हस्पिटल प्रालिमा छ महिनादेखि अस्पतालको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा राखिएको छ ।

निर्माणाधीन अरुण तेश्रो जलविद्युत् आयोजनाले कोरोना सङ्क्रमणका बेला महामारी फैलिने डर भएपछि जिल्ला अस्पतालमा भेन्टिलेटरसहित झन्डै रु ९० लाखबराबरको स्वास्थ्य सामग्री दिएको थियो । एउटा भेन्टिलेटर भने प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा रहेको छ । सरकारी भेन्टिलेटर निजी अस्पतालमा नराख्न विपत् व्यवस्थापन समितिको बैठकमा पटकपटक विरोध भएपनि मनकामना हस्पिटलका सञ्चालकले भेन्टिलेटर फिर्ता गरेका छ्रैनन् ।

प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा राखिएको भेन्टिलेटर तुरुन्त फिर्ता गर्न नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की र नेपाली काँग्रेसका सभापति दीपनकुमार श्रेष्ठले माग गर्नुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार मनकामना हस्पिटललाई गत असार मसान्तसम्मका लागि मात्रै भेन्टिलेटर दिएको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्