विराटनगरमा संक्रमितको संख्या दुई हजार नाघ्यो, ९०३ संक्रमित होमआईसोलेशन

विराटनगरमा संक्रमितको संख्या दुई हजार नाघ्यो, ९०३ संक्रमित होमआईसोलेशन

विराटनगर। विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शनिबारसम्मको तथ्यांकमा विराटनगरमा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको हो ।
महानगरमा संक्रमितमध्ये ५८४ जना मात्र कोरोनामुक्त भएका छन् । अन्य ९०३ जना होम आइसोलेसनमा छन् भने बाँकी विभिन्न आइसोलेसनमा उपचाररत छन् ।

महानगरमा मात्रै अहिलेसम्म ९०३ जना होम आइसोलेसनमा छन् भने बाँकी विभिन्न आइसोलेसनमा उपचाररत छन् । महानगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भएको प्रदेश सरकारको तथ्यांक छ ।
तर, महानगरपालिकाले भने दुईजना मृतकको तथ्यांकै भेटाउन सकेको छैन । महानगरपालिकाको तथ्याङकमा भने २० जनाको मात्र मृत्यु भएको उल्लेख छ ।

विराटनगरमा अहिलेसम्म १२१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेका छन् । कोभिड नियन्त्रणका लागि अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण बढ्दै गएको हो ।
विराटनगर महानगरपालिकाका ८ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । यस्तै कोशी अस्पतालका ३१ जना, विराटनगर अस्पतालका ९ जना, न्यूरो अस्पतालका २० जना संक्रमित भएका छन् । नोबेल मेडिकल कलेजमा ३६ जना संक्रमित भएका छन् भने मोरङ सहकारी अस्पतालमा ७ जना संक्रमित भएका छन् ।

गोल्डेन अस्पतालका ३ जना र बुढीगंगा गाउँपालिकाको विराट मेडिकल कलेजमा १६ जनामा संक्रमण देखिएको छ । सक्रमितमध्ये अधिकांश संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्