गोरू काटेर खाने ३ जना पक्राउ

<span class='c1'>गोरू काटेर खाने</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर । झापाको अर्जुनधारा–५ बैसाबारीका तीनजनालाई गोरु काटेर खाएको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन् ।

 

उनिहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेपछि गएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यसै गरी उनिहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्