विराटनगरमा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारीलाई ‘होल्ड’ कारवाही

विराटनगरमा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारीलाई ‘होल्ड’ कारवाही

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजानिक सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । सचेतनासहित आइतबार एक दर्जन सार्वजानिक सवारीलाई कारवाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रमुखसहितको उपस्थितिमा भएको छलफल र निष्कर्षका आधारमा नियम पालना नगर्ने सवारीलाई कारवाही गर्न थालिएको हो ।

बिराटनगर बसपार्कबाट दैनिक छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्ने सम्बन्धमा मापदण्द तोकिएको थियो । त्यस अनुसार एउटा सिटमा एक जना मात्रै यात्रु बस्नुपर्ने, मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइजर राख्नपर्ने र ५० प्रतिशत बृद्धि गरेर मात्रै भाडा असुल्नु पर्ने नियमको उल्लंघन गर्नेलाई कारवाही गरिने भएको हो ।

मापदण्ड उल्लघन गर्ने सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बरगाछी लगायत बिभिन्न स्थानहरुमा रोकर ‘होल्ड’ गरेर सचेतनाको पूर्ण पालना प्रतिवतद्धा गराउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्