विराटनगरको न्यूरोमा पीसीआर परीक्षण सुरु

<span class='c1'>विराटनगरको न्यूरोमा पीसीआर</span> <span class='c2'>परीक्षण सुरु</span>

विराटनगर । लकडाउन खुलेसँगै संक्रमितको संख्या बढिरहेको अवस्थामा कोरोना महामारीको जोखिम अझै बढेको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा बढि भन्दा बढि पीसीआर परीक्षण र समयमै संक्रमितको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता पर्दछ ।
प्रदेश १ मा पीसीआर परीक्षण मेशिनहरु पर्याप्त नभई रहेको अवस्थामा निजी क्षेत्रबाट विराटनगरको न्यूरो–कार्डियो अस्पतालले परीक्षण सुरुवात गरेको छ । आइतबारदेखि प्रदेश १ मा निजी क्षेत्रमै पहिलो पीसीआर परीक्षण सुरु गरेको हो ।

सरकारले पीसीआर परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याउने अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अस्पताल समेत हुनुपर्ने मापदण्ड तोकेको छ । त्यसैका आधारमा न्यूरोले छुट्टै कोभिड आईसोलेशन अस्पताल सञ्चालनमा ल्याईसकेको छ ।
न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आरटि पिसिआर ल्याब संचालनमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालयले आइतबार नै स्वीकृति दिएसँगै परीक्षण समेत सुरु गरिएको छ ।

बिराटनगर १० स्थित कोभिड अस्पतालमा अत्यधुनिक ल्याबमा ब्शगचभ कम्पनीको मेशिन तथा श्थदष्य कम्पनीको न्युकलिक एक्स्ट्रयाक्सन मेसिन जडान भएसंगै सरकारले निर्धारण गरेका सम्पुर्ण परीक्षण तथा मापदण्डहरुमा उत्कृष्ट रहँदै मन्त्रालयद्वारा मान्यता प्रदान गरिएको हो ।
पीसीआर ल्याबमा एक दिनमा १ हजार भन्दा माथि नमुनाको परीक्षण गर्न सकिने छ । ल्याब संचालनसंगै प्रदेश १ मा अब नतिजाको लागि धेरै समय कुर्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले बताए । उनले कोभिड बिरुद्धको लडाईमा कोभिड अस्पतालको संचालन पछि आर टि पीसीआर ल्याबको संचालनको रुपमा अर्को कोषे ढुङ्गा पार गरेको बताए ।

न्यूरो अस्पतालले १ नं प्रदेशमै निजीस्तरबाट पहिलो कोभिड अस्पताल संचालनमा ल्याएसंगै कोभिडको उपचारमा बिभिन्न प्याकेजहरुका साथै प्रदेश सरकार समाजिक विकास मन्त्रालयसंगको सम्झौतामा लक्षण भएका कोरोना संक्रमितको निःशुल्क उपचार समेत गर्दै आएको छ ।

हाल आएर आर टि पिसिआर ल्याबको संचालनले कोरोनाको संक्रमितको उपचारमा मात्र होइन्, अन्य बिरामीहरुको उपचारमा समेत सहजता प्रदान हुने अस्पताल निर्देशक तथा कोभिड—१९ म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजक ई रंजितराज बस्नेतले बताए ।
अस्पतालमा पीसीआर परीक्षणका लागि ल्याबमा नमूना संकलन गराउन सकिने वा घरबाटै नमूना संकलन समेत गराउन सकिने सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्