कोरोना कहरको बेला परीक्षा लिन लागेको भन्दै, महानगरपालीका अगाडी विद्यार्थीद्धारा धर्ना

<span class='c1'>कोरोना कहरको बेला परीक्षा लिन लागेको</span> <span class='c2'>भन्दै, महानगरपालीका अगाडी विद्यार्थीद्धारा धर्ना</span>

विराटनगर । कक्षा ११ को परीक्षा तालिका सार्वजनिक भएपछि कक्षा ११ का विद्यार्थीहरुले विराटनगर महानगरपालीका अगाडी धर्ना दिएका छन् । महामारी तीव्र गतिमा फैलिएको विराटनगरमा एक्कासी परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरुले धर्ना दिएका हुन् ।

विराटनगर महानगरपालिकाभित्र कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । कोरोना महामारीका कारण खानलाउनै समस्या भएका अभिभावकबाट दसैंको मुखमा जवरजस्ती पैसा असुल्न परीक्षा सञ्चालन गर्न लागिएको धर्नामा बसेका विद्यार्थहरुले गुनासो गरेका छन् ।
अहिलेकै अवस्थामा परीक्षा भए कोरोनाको जोखिम बढ्ने कान्तिपुर कलेजका विद्यार्थी शशंक पाठक बताउँछन् । ‘दस दिनअघि परीक्षा दिने भनेर सूचना निकालियो,’ उनले भने, ‘यस्तो बेला परीक्षा भयो भने कोरोना लाग्दैन ? बुबाआमाको समस्या पनि बुझिदिनु पर्छ ।’


शिक्षा मन्त्रालयले माघ महिनासम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको संक्रमण कम नभएकाले विद्यालय सञ्चालन नगर्न आग्रह गर्दै आएका छन् । विराटनगरबाहेक अन्य स्थानीय तहले परीक्षा सञ्चालनका लागि सूचना निकालेका छैनन् । तर महानगरभित्र दसैंको मुखमा अभिभावबाट शुल्क उठाउनका लागि परीक्षा सञ्चालन गर्न लागिएको विद्यार्थीको गुनासो छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । त्यहीअनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो । कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले समन्वय मात्र गरेको महानगरको शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताए । विद्यालयलले स्वास्थ्य सतर्कतासहित परीक्षा सञ्चालन गर्ने बताएपछि महानगरपालिकाले सहजीकरण गरिदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्