विराटनगरमा १६ सहित प्रदेश १ मा आज ८३ कोरोना संक्रमित थपिए

विराटनगरमा १६ सहित प्रदेश १ मा आज ८३ कोरोना संक्रमित थपिए

विराटनगर ।  प्रदेश १ मा आज ८३ जनाकोरोना संक्रमितथपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा७महिला७पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला १०पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १पुरुष, सुन्दरहरैचामा १ महिला १पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीयतहनखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ । उताओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीयतहनखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयकाअनुसार हाल सम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्