विराटनगर–१६ का ६१ वर्षीय रामु खैरो हिरोईनसहित पक्राउ

विराटनगर–१६ का ६१ वर्षीय रामु खैरो हिरोईनसहित पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ कलेज रोडबाट विराटनगर–१६ का ६१ वर्षीय रामु मण्डल ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले सोमबार अपरान्ह ४ बजे ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।

 

विशेष सुचनाका आधारमा साईकलमा सवार मण्डललाई चेकजाँच गर्दा उनले लगाएको भेष्टको अगाडीपट्टीको गोजीबाट ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

सेतो प्लाष्टिकमा पोको पारेको एक प्याकेट ब्राउन सुगर फेला पारिएपछि निजलाई नियन्त्रणमा लिई लागुऔषध अन्तर्गत अनुसन्धान भई रहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्