मापदण्ड विपरीत देखिएपछि विराटनगरका दुईवटा फार्मेसी बन्द

मापदण्ड विपरीत देखिएपछि विराटनगरका दुईवटा फार्मेसी बन्द

विराटनगर । विराटनगर २ मा रहेको विराटनगर अस्पताल ( नर्सिङ्ग होम) अगाडीका दुईवटा फार्मेसी मापदण्ड विपरीत रहेको पाइएपछि बन्द गरिएको छ । समर फार्मेसी र सिंहदेवी फार्मेसीलाई सोमबार बन्द गरिएको हो ।

औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काका अनुसार समर फार्मेसीमा फर्मालिष्ट पढेका व्यक्ति नराखि औषधी विक्री वितरण गरेको पाइएपछि बन्द गरिएको हो । यस्तै सिंहदेवी फार्मेसी मापदण्ड अनुसार संचालन नभएको पाइएपछि बन्द गरिएको छ ।

औषधी व्यवस्था विभागले फार्मेसी बन्द गरेर गएको दुई घण्टा बित्न नपाउँदै व्यवसायीले पुनः पसल खोलेका थिए ।

यसैगरि विराटनगरस्थित नोबेल अस्पताललाई आफ्नै फार्मेसी संचालन गर्न निर्देशन दिएको छ । अस्पताल फार्मेसी निर्देशिका अनुसार अस्पताल आफैले औषधी पसल संचालन गरिनुपर्ने मापदण्ड छ । तर, विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा महङगो भाडा लिएर सुस्वास्थ्य फार्मेसी र मेडिकियन फार्मेसी दुई वटा संचालन छ । निर्देशिका अनुसार नोबेल अस्पताललाई आफनै फार्मेसी संचालन गर्न औषधी व्यवस्था विभाग विराटनगरले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्