कोरोना सङ्क्रमणले मोरङ्ग सुनवर्षीकि महिलाको विपिमा मृत्यु

<span class='c1'>कोरोना सङ्क्रमणले मोरङ्ग सुनवर्षीकि</span> <span class='c2'>महिलाको विपिमा मृत्यु</span>

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।
उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताउनुभयो । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्