होटल सञ्चालकको कुटाईबाट ग्राहकको मृत्यु

होटल सञ्चालकको कुटाईबाट ग्राहकको मृत्यु

विराटनगर । आफ्नै होटलमा आएका ग्राहकको सञ्चालकको कुटपिटबाट मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटाईबाट ग्राहकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका तामाङले कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको जानकारी दिनुभयो ।

भारत दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारीमा बस्दै आएका थिए । सुनचाँदीका गहना बनाउने कालीगढ सुशील श्रीमती कञ्चनसहित युनिक होटलमा आइतबार राति ११ः३० बजेतिर खाजा खान भनेर पुगेका थिए ।

होटलमा विवाद गर्दै मदिरा पीउने ईच्छा जनाएका उनीमाथि होटल सञ्चालक जाई लागेका थिए । सामान्य झगडामा विवाद बढ्दै गएपछि तामाङले कुटपिट गर्दै धकेलेर बाहिर निकाल्न खोज्दा लडेर मल्लिक बेहोस भएका थिए । टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । पछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो ।

 

बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको थियो । मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको एसपी खड्काले बताउनुभयो । उनको शव नेपाल ल्याउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

 

इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिँदै कुटपिटमा संलग्न होटल सञ्चालक तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्