भावुक अन्तिम सन्देश सहित होटल नमस्कार बन्द भएको घोषणा

भावुक अन्तिम सन्देश सहित होटल नमस्कार बन्द भएको घोषणा

विराटनगर । विराटनगरको ट्राफिक चौकमा रहेको होटल नमस्कार बन्द गर्ने घोषणा गरिएको छ । सामाजिक संजालमा संचालक युनेशराज श्रेष्ठको नाममा भावुक अन्तिम सन्देश प्रसार गर्दै होटल बन्द गर्ने घोषणा भएको हो ।


करिब ४० वर्ष अघी सन् १९८० मा संचालनमा आएको उक्त होटल विराटनगरको पुरानो होटलको रुपमा चिनिन्थ्यो । स्वर्गीय युवराज श्रेष्ठद्वारा स्थापित यस होटललाई उहाँको देहावसान पछी उहाँका सन्तानहरु युनेशराज श्रेष्ठ र रिमा श्रेष्ठले संचालन गरिरहनु भएको थियो ।

‘यो महामारीले संसारभरका मानिसहरुलाई आफुले माया गर्नेहरुबाट छुटाएको छ । अनेकौं व्यवसायहरुलाई धराशयी बनाएको छ । साधा जीवन र परिवार कुनै पनि सांसारीक वस्तुभन्दा महत्वपुर्ण हुन्छ भन्ने पाठ हामीलाई सिकाएको छ ।’ होटल नमस्कारको फेसबुक पेजमा प्रसारित अन्तिम सन्देशमा लेखिएको छ–‘नयाँ सुरुवातको साथमा नभेटिउन्जेलका लागि विदा चाहन्छौं ।’


महामारी बिच यस अघी पनि विराटनगरको अर्को पुरानो होटल जेनियलले पनि बन्द भएको घोषणा गरेको थियो । होटल नमस्कार, नमस्कार बन्क्यूट, कपी सप र भ्यालेन्टाइन बेकरी क्याफेमा सेवाग्राहीले सेवा लिदैं आएका थिए । ठूला होटल सञ्चालनमा तत्कालिन स्वर्गिय श्रेष्ठलाई पहिलो लगानीकर्ताको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्