एकसातादेखि विराटनगरको सडकमा बेवारिसे अवस्थामा बस्दै आएकी महिलाको उद्धार (फोटो फिचर)

एकसातादेखि विराटनगरको सडकमा बेवारिसे अवस्थामा बस्दै आएकी महिलाको उद्धार (फोटो फिचर)

विराटनगर । विराटनगर ५ स्थित कोचाखाल हनुमान मन्दिर अगाडी बेवारिसे अवस्थामा रहेकी एक वृद्धाको उद्धार गरिएको छ ।
राम्ररी बोल्न र कान सुन्न नसक्ने अन्दाजी ५५ वर्षीया महिलाको मंगलबार महानगरपालीका र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. १ को कार्यलयले उद्धार गरेको हो ।


विगत एक सातादेखी वेवारिसे अवस्थामा स्थानीयको घरको पेटी तथा सडकमा बस्दै आएकी महिलाको विराटनगर महानगरपालिका उपमेयर ईन्दिरा कार्की, सामाजिक महाशाखाका प्रमुख सरोज गौतम, नगर रक्षक प्रहरी निरीक्षक राजन पौडेल र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ का शाखा अधिकृत चिरन्जीवी कोईरालाले उद्धार गर्नु भएको हो । उद्धारमा स्थानीयले पनि सहयोग गरेका थिए ।

कोरोना महामारीको बेला मुखमा मास्क समेत नलगाई बसेकी महिलालाई उपमेयर ईन्दिरा कार्कीले मास्क लगार्इदिदै आश्रममा जान आग्रह गर्नुभएको थियो ।
बेवारिसे अवस्थामा भेटिएकी महिलालाई विराटनगर–८ को विराटेश्वर आश्रममा लगेर राखिएको छ । उहाँको स्वाब संकलन गरेर पीसआिर परीक्षण गरिने उपमेयर कार्कीले बताउनुभयो । जगत बहादुर अर्यालले संचालन गर्दै आउनुभएको आश्रममा उहाँलाई संरक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्