कोशी र वीपीमा दुईजनाको मृत्यु

कोशी र वीपीमा दुईजनाको मृत्यु

विराटनगर । कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशीमा बुधबार मोरङको जहदा गाउँपालिका–६ का ६३ वर्षीय पुरुष र वीपीमा सप्तरी राजविराज–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोशी कोभिड–१९ का इन्चार्ज डा.दिपक सिग्देलका अनुसार असोज ४ गते संक्रमण पुष्टि भएका जहदाका पुरुषमा श्वासप्रश्वास, मधुमेह र उच्चरक्तचापको समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भईरहेको अवस्थामा बुधबार बिहान मृत्यु भएको हो ।

यसैगरी गोल्डेन अस्पताल विराटनगरबाट रिफर भई वीपीमा भर्ना गरिएका पुरुषमा समेत ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या थियो । मृगौला रोगी सप्तरीका पुरुषलाई असोज ६ गते वीपीमा भर्ना गरिएको थियो । जटिल समस्या देखिएका उनको उपचारका क्रममा बुधबार बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्