१३ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

१३ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

विराटनगर । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

उनिहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ प्रहरीले जानकारी दिइएको छ ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्