आज एकैदिन चारजनाको कोरोना संक्रमणबाट मृत्यु

<span class='c1'>आज एकैदिन चारजनाको</span> <span class='c2'>कोरोना संक्रमणबाट मृत्यु</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

योसँगै बुधबार मात्रै मृत्यु हुनेको संख्या ४ पुगेको छ । अस्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो ।

उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धको दिउँसो १२ः३५ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो ।

बुधबार बिहान पनि अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर–२ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार बिहान ७ः३० बजेतिर मृत्यु भएको छ।
बुधबार बिहान नै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सप्तरीको राजविराजका संक्रमितको मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्