निजी क्षेत्रले खरिद गरेर विराटनगर महानगरलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको हिसाब विवरण सार्वजानिक

निजी क्षेत्रले खरिद गरेर विराटनगर महानगरलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको हिसाब विवरण सार्वजानिक

विराटनगर । निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको पीसीआर मेसिन खरिदका क्रममा संकलन र खर्च भएको हिसाब विवरण बुधबार सार्वजानिक गरिएको छ । निजी क्षेत्रले स्वतःस्फुर्तरुपमा आव्हानमा पीसीआर मेसिन खरिदका संकलन भएको रकम नागरिक सामु सार्वजानिक गरिएको हो ।

पीसीआर मेसिन खरिदका लागि ७७ लाख ३७ हजार ३५४ रुपैयाँ सहयोग रकम जुटेको विवरण प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, नेपाल काँग्रेस महानगरपालिकाका कार्यवहाक सभापति अरुण न्यौपाने, उद्योग संगठन मोरङका उपाध्यक्ष नविन रिजाल र उद्योगी नन्दकिशोर राठीले संयुक्त हस्ताक्षरसहित मेसिन खरिदको विवरण सार्वजानिक गर्नु भएको हो । महानगरले कोभिड राहत कोष परिचालन समिति गठन गरेको थियो । कोभिड राहत कोष परिचालन समिति मार्फत उक्त रकम परिचालन भएकोले हिसाब सार्वजानिक गरिएको हो ।

संकलित रकमबाट एक थान पीसीआर मेसिन र एक थान आरएनए एक्स्ट्रासन मेसिन खरिद गरेको समितिले जनाएको छ । पीसीआर मेसिन ३१ लाख ६४ हजार रुपैयाँ र आरएनए एक्स्ट्रासन मेसिन ३१ लाख ९९ हजार ९९९ रुपैयाँमा गरी जम्मा ६३ लाख ६३ हजार ९९९ रुपैयाँ खर्च भएको हिसाव सार्वजनिक भएको छ ।
कोषमा १३ लाख ७३ हजार ३५४ रुपैयाँ रकम बाँकी रहेको र समितिको निर्णय अनुसार मानवीय कार्यमा खर्च गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नागरिक तहबाट संकलन गरिएको रकमले पीसीआर मेसिन खरिद गर्दा प्रक्रियागत त्रुटी देखिएको भन्दै आलोचना भएको थियो । संकलित रकमबाट मेसिन खरिद गर्दा बील मिलाइएको आशंका गरिएपछि हिसाब सार्वजानिकीकरणमा विवरण समेत स्पष्ट खुलाइएको छ ।
अभियानका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ सहयोग रकम उपलव्ध गराउनुभएको थियो ।

त्यस क्रममा ४१ जनाले न्यूनतम २५ हजार रुपैयाँदेखि ७ लाख रुपैंयासम्म सहयोग गरेको कोभिड राहत कोष परिचालन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निजी क्षेत्रले महानगरपालिकालाई र महानगरपालिकाले कोशी अस्पताललाई मेसिन हस्तान्तरण गरिएको थियो । मेसिन प्रयोगमा आएसँगै कोरोना संक्रमणको पहिचानमा सहज भएको दावी गरिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्