विराटनगरबाट तीनजना सट्टेबाज पक्राउ

विराटनगरबाट तीनजना सट्टेबाज पक्राउ

विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाज (फाट्का) को कारोबार गर्ने तीनजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । अनलाइनमार्फत सट्टेबाजी (फाट्का) चलाउने तीन जनालाई मोवायलबाट कारोबार चलाएको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार मंगलबार साँझ ७ः३० बजे विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साहलाई उनकै घरबाट नियन्त्रणमा लिइएको थियो । मोवायलबाट कुन टिमको हारजीत हुन्छ भनेर बाजी मार्नका लागि रकम कबोल गराउन लगाएको सूचना प्रहरीमा पुगेपछि उनीहरु पक्राउ परेका हुन् ।

यसैगरी विराटनगर–१७ रानीका ४२ वर्षीय जगदिश साह र बैजनाथ साहलाई समेत पक्राउ परेका छन् । जगदिशलाई लाई विराटनगर–१५ इलाका प्रहरी कार्यालय रानी अगाडीबाट र बैजनाथ साहलाई उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट मोवायल, नगद ६० हजार रुपिँया र ल्यापटप, मोटरसाइकल बरामद गरिएको छ । मंगलबार सनराइज हैदरावाद र दिल्ली क्यापिटलबीच क्रिकेट म्याच रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्