अनसनरत डाक्टर केसीको पक्षमा विराटनगरमा र्याली

अनसनरत डाक्टर केसीको पक्षमा विराटनगरमा र्याली

विराटनगर । चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण ¥याली निकालेका छन् ।
‘जाँगौ विराटनगर अभियान’ नामक युवाहरूको समूहले डा. केसीको जीवन रक्षाको माग राख्दै बुधबार ¥याली निकालेका हुन् ।
विराटनगरस्थित सन्सारी माइस्थानदेखि निकालेको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको हो ।\

 

आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर भएकोले सरकारलाई गम्भीर हुन नागरिक अगुवाहरुले यस अगाडी ध्यानाकर्षण समेत गराएका थिए ।

विराटनगरका नागरिक अगुवा, बुद्धिजीवी, सामाजिक व्यक्तिहरु र मानव अधिकारकर्मीहरुले अपिल जारी गरेका हुन् । अपिल जारी गर्नेहरुमा तोरेन्द्रमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, प्रा.कृष्ण पोखरेल, दिनेश श्रेष्ठ, सोमराज थापा, विश्वनाथ रिजाल, मोहन भण्डारी, डिकप्रसाद घिमिरे, डा. फरवार्ड सिलवाल, रामबावु दाहाल, मधु पोखरेल, डा. सम्झना प्रधान र मीनाकुमारी जोशी छन् ।

यस्तै भैरव रिजाल, राकेश मिश्र, सत्तार अन्सारी, भक्तिमान धिमाल, बासुदेव नेउपाने, उत्तम ढुंगेल, मंजिता उपाध्याय र सीता शर्मा दाहालले जारी गरेको अपिलमा विभिन्न सरकारका समयमा केसीसँग गरिएका सम्झौताको पूर्ण कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्