मोरङ कारागारका बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि, वीपीमा इटहरीका पुरुषको मृत्यु

मोरङ कारागारका बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि, वीपीमा इटहरीका पुरुषको मृत्यु

विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका बन्दी सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि कारागारका अन्य बन्दी समेत जोखिममा परेका हुन् ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको छ । कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवका अनुसार अस्पताल ल्याउँदा जटिल समस्या देखिएका उनमा कोरोना संक्रमणको लक्षण रहेका कारण तत्काललै स्वाब संकलन र परीक्षण गरिएको थियो ।

यसैगरी इटहरी–६ का ५६ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । विराटनगरको विराट मेडिकल कलेजमा बुधबार भर्ना भएका पुरुषलाई अस्पतालले रिफर गरेपछि राती ९ः३० मा वीपीमा पु¥याइएको थियो । वीपीमा पु¥याएको १५ मिनेटपछि नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी मोरङको उर्लाबारीका एक कोरोना संक्रमितको बिहिबार बिहान घरमै मृत्यु भएको छ । उर्लाबारी नगरपालिका – २ कि ८४ वर्षीया कोरोना संक्रमित बृद्धाको घरमै मृत्यु भएको हो।

बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजबाट थप उपचार हुन नसक्ने भएपछि घर ल्याईएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् ।

बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्