कोभिड, शिक्षा क्षेत्र र अन्यौलता

कोभिड, शिक्षा क्षेत्र र अन्यौलता

भर्खरै बिराटनगर महानगरपालिकाले तामझामको साथ कक्षा ११ को परीक्षाको रुटिन प्रकाशन गरेको र लगत्तै ३ दिनपछी रद्ध गरेको कुरा हामी सबैलाई अवगत नै छ । २, ३ दिनमा लगत्तै निर्णय परिवर्तन गर्नु अर्थात आफ्नो निर्णयमा ठोस रहन नसक्नुले हचुवाको भरमा निर्णय लिएको प्रष्ट देखिन्छ ।

बिराटनगर लगायत देशभरको प्राय कलेजमा कक्षा ११ का विद्यार्थीलाई कक्षा चडाएर १२ को कोर्स पढाउन थालिसकेको अवस्थामा, यस भन्दा अघिनै पटक पटक परीक्षाको बारेमा बोलि फेरेको देखेर निर्णय लिने अधिकार भएको संस्था राष्ट्रिय परीक्षा बोर्डमा परिस्थित हेरेर ठोस निर्णय लिने व्यक्तिको कति खाँचो छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

कोभिड पक्कै पनि अन्योलको स्थितिनै थियो, पहिलो केस देखिएको लगभग ८,९ महिना बितिसक्दा पनि यो स्थिति अझै अन्योलपूर्ण नै किन छ ? यसको सिधा उत्तर, जे हुन्छ हेर्दै जौ भन्ने भएर हो । यदि त्यसबखत नै आउने जोखिम हरुको अनुसन्धान गरेर एउटा मजबुत बनाउन सकेको भए सायद अझै अन्योलमा रहनु पर्दैन थियो होला । ६, ७ महिना परीक्षाको मेकानिजम बनाउन नसक्नु अर्को ठुलो कमजोरी हो । यो सहज परिस्थित हैन, असहजतामा रमाउन सबैजना सिक्नुपर्छ ।

कक्षा ११ लगायत सम्पूर्ण विद्यार्थीको अबको बाटो के ? मुल्यांकन गर्ने बिधि के ? यसमा अझै कति अन्योलतामा सरकार रमाउने हो थाहा छैन । तर बिद्यार्थीमा पनि कोभिडको डर भन्दा अलिकति परिक्षाको डर हाभी भएको पाएको छु ।

आफ्नो कसम खाएर भन्नुहोस, अहिले सरकारले फिल्म हल खोल्यो भने त्यहाँ बाटपनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहन्छ र यो निर्णय राम्रो हैन भनेर यसरिनै आन्दोलन गर्न तपाईहरु सक्नुहुन्छ ? प्राय जसो, धेरै पछी फिल्मको तिर्खा मेटाउन पाइएको छ, जौ है, भनेर दगर्नुहुन्छ । त्यसकारण डर कोरोनाको कि परीक्षाको ? पक्कैपनि परीक्षाकै हो, तपाईहरुलाई परीक्षाको डर लाग्नु स्वाभाविक हो, यसको दोष सबैलाई दिनुपर्छ, सरोकारवालाहरुले ठोस निर्णय दिन नसक्नु, एउटा निर्णयलाई बारबार फेरिरहनु, कक्षा चडाएर अर्को कक्षाको पढाउन थाल्नु, यसको मुख्य कारणहरु हुन्, यो चपेटामा तपाईहरु पर्नुभएको हो ।

त्यसकारण अन्त्यमा, विद्यार्थीको धर्म पढ्नु हो, अध्यनलाई निरन्तरता दिनुहोला, मूल्यांकन हुँदैन भनेर सोच्नु चै मुर्खतानै हो, भौतिक परीक्षा नहोला, तर मूल्यांकन भने अवश्य हुनेछ, हुनुपर्छ र मूल्यांकन गर्दा डराउनु भने हुदैन । र सरोकारवाला हरुलाई, सकेसम्म छिटो निर्णय लिएर अगाडिको बाटो प्रस्ट पारिदिनुहुन अनुरोध, उही क्लासमा डेढबर्ष देखि अड्किएर भएन नि

 

 

यस पोस्टमा शिक्षक, विद्यार्थी, अभिभावकहरुले आफ्नो धारणा कमेन्ट गरिदिनु होला ।
(यो मेरो नितान्त व्यक्तिगत धारणा हो, धन्यवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्