लागुऔषध सहित दुई जना पक्राउ

<span class='c1'>लागुऔषध सहित दुई</span> <span class='c2'>जना पक्राउ</span>

इटहरी । सुनसरी धरान–१ पुरानो बजारबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन् ।
विशेष सुराकका आधारमा हिजो राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात उनिहरुको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखीएको २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन , ४ क्याप्सुल नाईट्रोजन र नगद ९७ हजार रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका दुबै जना सोही स्थानमा कोठा भाँडा लिएर बस्दै आएको खुल्न आएको छ । उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्