अस्ट्रेलियामा मासिक तीनलाख कमाई हुने प्रलोभन देखाएर ठगि गरेको आरोपमा विराटनगरका प्रमोद सोनी पक्राउ

<span class='c1'>अस्ट्रेलियामा मासिक तीनलाख कमाई हुने प्रलोभन देखाएर</span> <span class='c2'>ठगि गरेको आरोपमा विराटनगरका प्रमोद सोनी पक्राउ</span>

विराटनगर । विराटनगर महेन्द्र चौकको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपैँया ठगेको आरोपमा सोनी बिहीबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सोनीलाई पक्राउ गरि अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया बढाईसकिएको बताउनुभयो । पीडित युवा मनिसका बुबा कुलदिप चौधरीले ठगि गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि सोनी फरार रहेका थिए । उनलाई प्रहरीले यस अगाडी नै पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी जारी गराईसकेको थियो ।

काठमाण्डौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबलको फ्रेन्चआईची लिएर प्रमोदले नेपाली विद्यार्थीबाट अधिक शुल्क असुलेर अस्ट्रेलिया पठाउँदै आएका थिए । युवायुवतीलाई पठाउने नाममा अकुत सम्पति आर्जन गर्ने मनसाय राखेका सोनीले हुण्डि कारोबार समेत गर्ने गरेको खुलेको छ । मनिसलाई अस्ट्रेलिया पठाउँदा समेत बीमा वापतको रकम हुण्डिमार्फत पठाउनु पर्ने भन्दै चारलाख रुपिँया लिएको खुलेको छ ।

अस्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि भन्दै पठाइएका मसिनलाई त्यहाँ धेरै समस्या परेको थियो । प्रमोदले पढाईसँगै मासिक तीनलाख रुपैँया आम्दानी हुने रोजगारीमा समेत लगाई दिने भन्दै पटक–पटक गरेर ३० लाख रुपिँया असुलेर पठाएपनि पढाईसँगै रोजगारीमा समेत समस्या बेहोर्नु परेको थियो ।

दुईवर्ष अगाडी २०७५ फागुन १९ गते मनिसलाई अस्ट्रेलिया पठाइएको थियो । तर, त्यहाँ भने जस्तो काम र पढाई समेत संभव नभएपछि २०७६ कार्तिक १२ गते परिवारले फिर्ता ल्याएको उनका बुबा कुलदिप चौधरीले बताउनुभयो । अस्ट्रेलियामा बिजोग भएपछि घरबाटै पठाएको पैसाको भरमा बसेका मनिसलाई फिर्ता ल्याउनका लागि ३ लाख ५० हजार रुपिँया समेत खर्च भएको थियो ।

छोरालाई फिर्ता ल्याएसँगै कानुनी उपचारको प्रक्रिया सुरु गरेपछि प्रमोदले पीडित परिवारलाई घरमै पुगेर धम्क्याउँदै आएका थिए । तत्कालिन समयमा गरिएको सम्भाmौता, आर्थिक कारोबार लगायतका प्रमाण जुटाएपछि उनी विरुद्ध उजुरी गरिएको हो ।
छोरालाई अस्ट्रेलिया पठाउन र त्यहाँ बिजोग भएपछि जीवन जोगाउन तथा फिर्ता ल्याउँदासम्म बुबा कुलदिपले आफ्नो नाममा रहेको दश कठ्ठा जग्गा समेत बिक्री गर्नु परेको गुनासो गर्नुभयो ।

प्रमोद सोनीले सञ्चालन गरेको डाइनामिक र केआईसी नामक कन्सल्टेन्सीबाट अध्ययन तथा रोजगारीका लागि भन्दै गएका धेरैको बिचल्ली बनाउने गरेको गुनासो गरिएपनि उनी यस अगाडीसम्म पक्राउ परेका थिएनन् । विदेश पठाउने प्रक्रिया मिलाउँदा पैसा नभएका अभिभावकको जग्गाजमिन समेत धितो राखेर हड्प्ने गरेको आरोप उनीमाथि रहेको थियो ।
पीडित बनेका कुलदिपले प्रहरी, वैदेशिक रोजगार विभाग, सम्पति सुद्धिकरण, राजश्व अनुसन्धान लगायतमा समेत उनी विरुद्ध उजुरी दिने तयारी गरेका छन् । सोनीले कोशी क्याम्पस समेत सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्