प्रतिबन्धित भारतीय पाँच सय दरका नोटसहित एकजना पक्राउ

<span class='c1'>प्रतिबन्धित भारतीय पाँच सय</span> <span class='c2'>दरका नोटसहित एकजना पक्राउ</span>

विराटनगर । प्रतिबन्धित भारतीय रुपैँया पाँच सय दरका नोटसहित विराटनरमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट एक लाख ३२ हजार ५०० रुपैयाँसहित धनुषाका ४३ वर्षीय सन्तोष महतोलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले शुक्रबार बिहान भारतबाट नेपाल आउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो ।

सुनसरीको इटहरी–६ आइतबारेमा बस्दै आएका महतो दरैया नाका हुँदै नेपाल छिरेको खुलेको छ । चेकजाँच गर्ने क्रममा महतोले बोकेको झोलामा प्रतिबन्धित भारतीय नोट फेला परेको पौडेलले बताए ।

बरामद भएको रकम नेपाली दुई लाख १२ हजार रुपैयाँ हुन्छ । पाँच सय दरमाथिका भारतीय नोट नेपालमा प्रतिबन्धित छ । महतोले उक्त नोटको स्रोत खुलाउन नसकेको सशस्त्रले जनाएको छ ।

सशस्त्रले बरामद भएको नोट अवैध हुण्डी कारोबारको भएको हुन सक्ने आशंका गरेको छ । उनलाई विदेशी विनियम ऐनअनुसार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको जानकारी एसपी पौडेलले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्