विराटनगर । प्रदेश १ मा शुक्रबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला७पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीमा इटहरीमा २ महिला७पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीयतहनखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीयतहनखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
प्रदेश १ माआज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ माआज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिलार १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।