भारतबाट भित्र्याइएको ५० बोरा सुर्ती इटहरीमा पक्राउ

भारतबाट भित्र्याइएको ५० बोरा सुर्ती इटहरीमा पक्राउ

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको ५० बोरा सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। शनिबार बिहान ३ बजे दुईवटा मोटरसाइकलले स्कर्टिङ गरेर ट्रकमा ल्याएको सुर्ती इटहरी–५ जनतावस्तीबाट नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतका अनुसार बा २ ख २७४१ न. को ट्रकलाई दुईवटा मोटरसाईकलले घेरेर लैजाँदै गरेको अवस्थामा इटहरी ५ माझीटोलमा चेकजाँच गर्दा सुर्ती बरामद गरिएको हो ।

प्रहरीले स्कटिङमा रहेका को ५ प ४३९८ नम्बरको मोटरसाईकल र चालक सुनसरी भोक्राहा ९ वस्ने वर्ष २२ को पर्वत पौदार, ट्रक चालक दोलखा मेलुङ १ वस्ने वर्ष ३६ को ज्ञानु कार्की समेतलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सामानहरु आवश्यक कारबाहीको लागि आजै सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको छ।
प्रारम्भिक मूल्यांकनमा सुर्ती, मोटरसाइकल तथा ट्रक समेत गरि १४ लाख रुपैँया बराबरको सामान बरामद भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्