नेकपा विराटनगरमा शाखा कमिटि गठनको काम अन्तिम चरणमा

<span class='c1'>नेकपा विराटनगरमा शाखा कमिटि</span> <span class='c2'>गठनको काम अन्तिम चरणमा</span>

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले महानगर भित्रका सबै वडामा शाखा कमिटि विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ । महानगर भित्रका १० र १९ नम्बर वडा बाहेक १७ वटा वडामा शाखा कमिटिले पूर्णता पाईसकेको हो ।

महानगरका अध्यक्ष सागर थापाका अनुसार विराटनगर १० मा अध्यक्ष तोकिएको व्यक्ति नै कोरोना संक्रमित रहेका कारण ढिला भएको र विराटनगर १९ मा आगामी शनिबार हुने जानकारी दिनुभयो । उहाँले दशैं अगाडी पार्टीका शाखा कमिटिले पूर्णता र विभागहरु गठनको काम गरिसक्ने बताउनुभयो ।

विराटनगर–८ का शाखा कमिटिको शनिबार सपथ ग्रहण गराइएको थियो । राम पोखरेलको अध्यक्षतामा रहेको ४५ सदस्यीय वडा कमिटीलाई नेकपा केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले सपथग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा महानगर कमिटी अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सदस्य नमिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो । सपथ ग्रहणपछि बसेको बडा कमिटीको पहिलो बैठकले ५ सदस्यीय कार्यालय र १५ सदस्यीय सचिवालय कमिटी चयन गरेको अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

नेकपा विराटनगर ८ ले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, संक्रमितको घरमा निर्मलीकरण गर्ने, स्वास्थ्य सामाग्री, घरेलु औषधिहरु वितरण गर्ने काम वडा कमिटीले गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्