विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर–९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा विहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।
मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा असोज १६ गते कोरोना पोजेटिभ देखिएको थियो । विराटले रेफर गरेपछि १७ गते उनलाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।