बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फछ्र्याेट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।
फछ्र्याेट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछर्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछर्याेट भई ७४ंदशमलव आठ प्रतिशत फछर्याेट भएको जनाइएको छ ।
गत आवमा फछ्र्याेट भएका दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाह, सम्बन्धबिच्छेद, मातृत्व वा पितृत्व ,अंशबण्डा, अपुताली र सम्पत्तिसम्बन्धी छन् । करार तथा अन्य दायित्व, भूमि र विविध देवानी पनि छन् ।
यसैगरी सरकारवादी देवानी, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, भेदभाव तथा अपमानजन्य व्यवहार, विवाह, ज्यान, कुटपिट वा अङ्भङ्ग आदिसम्बन्धी फछ्र्याेट भएका छन् । सो अवधिमा अदालतले रु आठ तीन लाख ९० हजार जरिवाना असूल गरी ७०७ वर्ष सात महिना २७ दिन कैद भुक्तान गराएको छ ।