मालपोत कार्यलयका अधिकृतलाई कोरोना संक्रमण देखिएपछि ३ का लागी सेवा बन्द

<span class='c1'>मालपोत कार्यलयका अधिकृतलाई कोरोना संक्रमण देखिएपछि</span> <span class='c2'>३ का लागी सेवा बन्द</span>

विराटनगर । विराटनगरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ ।


आइतबार सुचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थियो । संक्रमितको सम्र्पकमा पुगेकाहरूको कन्टयाक टे«सिङमा परेकाहरूको स्वाब संकलन र कार्यालय सेनिटाइज गरिन तीन दिन कार्यालय बन्द गरिएको मालपोत कार्यालय विराटनगरका अधिकृत जितेन्द्रलाल श्रेष्ठले जानकारी दिए । यसअघि भूमि सुधार कार्यालयका एक जना महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ । कार्यालय बन्द गरेपछि आइतबार पाँच जना कर्मचारीहरूको परीक्षणको लागि स्वाब कोशी अस्पतलाको ल्याबमा दिएका छन् । उनीहरूको रिपोट आउन बाँकी छ ।


विराटनगर मालपोत कार्यालयबाट दैनिक ८० देखि एक सय वटा जग्गाको रजिस्ट्रेशन हुने गरेको छ । मालपोत कार्यालय खुलेपछि सेवाग्राहीको भिडभाड हुने गरेको छ । संक्रमणबाट जोगिन सुरक्षा सावधानी र सामाजिक दुरी पनि कायम नगरि मालपोत कार्यालयले सेवा संचालन गर्दा थप संक्रमण बढन सक्ने खतरा बढेर गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्