धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

<span class='c1'>धरानमा थप एक</span> <span class='c2'>कोरोना सङ्क्रमितको मृत्यु</span>

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिनुभयो । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्