विराटनगर अस्पतालबाट हामफाल्दा एक बिरामीको मृत्यु

विराटनगर अस्पतालबाट हामफाल्दा एक बिरामीको मृत्यु

मुनालपथ स्थिति विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम्फालेका एक बिरामीको मृत्यु भएको छ ।
फोक्सोमा समस्या देखिएर आईसीयूमा उपचाररत रहेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । असोज १७ गते अस्पताल भर्ना भएका उनी आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किए पछी आज सोमबार बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि आईसीयूमा भर्ना गरेपश्चात उपचारका क्रममा आजै बिहान ९ बजेतिर मृत्यु भएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्