टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्सी २ स्थितमा बस्ने २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

आईतबार साझँ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाईकल चालक खत्वे गम्भिर घाईते भएका थिए । घाईते खत्बेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टेम्पो र टेम्पो चालक सुनवर्सी(९ डायनियाका ३८ बर्षीय मोहमद महफिललाइ नियन्त्रणमा लिईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्