आजबाट कक्षा १२ को परीक्षा सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु

कोरोनाभाइरसको महामारी पछि स्थगित भएको कक्षा १२ को परीक्षा आज मंगलबारदेखी सुरु हुदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले लकडाउनका कारण स्थगित भएको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गर्न लागेको छ भने स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ ।

आजदेखी हुन लागेको परीक्षामा मुलुकभर ४ हजार १०५ वटा केन्द्रमा परीक्षा हुदैछ । बोर्डले तयार पारेको कार्यविधीमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ ।

यस पटकको परीक्षामा ४० प्रतिशत अंकको मात्र मुल्याङ्कन हुने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश एक परीक्षा व्यावस्थापन कार्यालय विराटनगरले जनाएको छ । यसअघि १०० पूर्णाङ्कको लिईदै आएको विषयको ४० अंकको मात्र परीक्षा हुने र अरु ४० अकं कक्षा ११ मा विद्यार्थीको प्राप्ताङ्क र बाँकी २० अंक विद्यालयको आन्तरिक मुल्याङ्कनबाट दिईने व्यावस्था गरिएको प्रदेश परीक्षा व्यावस्थापन कार्यालय विराटनगरका शाखा अधिकृत दयाराम राईले बताउनुभयो । विराटनगरको कार्यालयले १० जिल्लाका विद्यालयहरुको परीक्षा व्यवस्थापन गर्नेछ । प्रदेश १ का १० जिल्लामा ५७७ वटा परीक्षा केन्द्रबाट ४३ हजार २९९ जना र आंशिक १६ हजार ६ सय सन्तान्नबे परीक्षार्थी सामेल हुने शाखा अधिकृत राईले जानकारी दिनुभयो ।

हेर्नुहोस् विराटनगरका केन्द्रहरुमा कसरी परीक्षाका तयारी भएका छन् भनि हामीले तयार पारेको विशेष रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्