कोरोना कहरबीच कक्षा १२ को परीक्षा हुँदै, यस्तो छ स्वास्थ्य सुरक्षा

प्रेम देवान
विराटनगर । गत बैशाखमा लकडाउनका स्थगित गरिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखी सुरु हुदैछ । कोरोनाभाईरस (कोभिड–१९) संन्त्रासका कारण सरकारले मुलुकभर नै लकडाउन गरेपछि परीक्षा पनि स्थगित भएको थियो ।
लकडाउनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गराउन राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ । परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ ।
भोली मंगलबार देखी हुन लागेको कक्षा १२ को परीक्षाका लागि प्रत्येक केन्द्रमा अनिवार्य हेल्थ डेक्स राख्नुपर्ने मापदण्ड पनि तयार पारेको छ । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्नेछ । परीक्षा सम्बन्धी कार्यविधीमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।
स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यावस्था गर्न परीक्षा बोर्डले आग्रह गरेको छ । भोलीदेखी हुन लागेको परीक्षामा मुलुकभर ४ हजार १०५ वटा केन्द्रमा परीक्षा हुदैछ । बोर्डले तयार पारेको कार्यविधीमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ ।
दुई–दुई मिटरको दुरीमा मात्रै परीक्षार्थीलाई राख्न बोर्डले आग्रह गरेको हो । परीक्षा बोर्डले निर्देशन गरेको कार्यविधी अनुसार यहाँका निजी तथा सामुदायिक कलेजहरु पूर्ण रुपमा तयारी गरेका छन् । विराटनगर १० मा रहेको लर्ड बुद्ध कलेजले कोरोना माहामारीको उच्च जोखिम न्यूनिकरणको लागी एक विद्यार्थी एक बेन्च बनाएर परीक्षा दिने तयारीमा जुटेको लर्ड बुद्ध कलेजका प्रवद्धक निर्देशक राजेश भट्टराईले जानकारी दिनुभयो । यसअघि कलेजमा रहेका डेस्क र बेन्चलाई छोट्याएर एक बेन्च एक विद्यार्थी बसेर पढ्ने खालको वाताबरण मिलाएको भट्टराईले बताउनुभयो । परीक्षा केन्द्रमा प्रवेशद्धारा देखी तापक्रम नाप्ने हात धुने लगायतका स्वास्थ्य मापदण्डका विधि अपनाइने भएको हो ।

यसैगरी लामो समयपछि कक्षा १२ को परीक्षा हुन लागेको अवस्थामा कलेजले कार्यविधी अनुसार तयारी गरिरहेको सत्यनारायण कलेजका प्राचार्य धर्मानन्द खरेलले बताउनुभयो । परीक्षामा सामेल हुन आउने सबै विद्यार्थीहलाई अनिवार्य मास्क लगाउन आग्रह गरिएको खरेलले बताउनुभयो ।
परीक्षामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै परीक्षा दिने तयारीमा रहेको परीक्षार्थी एलिसा गुरुङले बताईन् । लकडाउनका कारण घरमा नै अनलाइन कक्षाबाट पढेर परीक्षाको तयारी गरेको गुरुङले सुनाईन् ।

यस पटकको परीक्षामा ४० प्रतिशत अंकको मात्र मुल्याङ्कन हुने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश एक परीक्षा व्यावस्थापन कार्यालय विराटनगरले जनाएको छ । यसअघि १०० पूर्णाङ्कको लिईदै आएको विषयको ४० अंकको मात्र परीक्षा हुने र अरु ४० अकं कक्षा ११ मा विद्यार्थीको प्राप्ताङ्क र बाँकी २० अंक विद्यालयको आन्तरिक मुल्याङ्कनबाट दिईने व्यावस्था गरिएको प्रदेश परीक्षा व्यावस्थापन कार्यालय विराटनगरका शाखा अधिकृत दयाराम राईले बताउनुभयो । विराटनगरको कार्यालयले १० जिल्लाका विद्यालयहरुको परीक्षा व्यवस्थापन गर्नेछ । प्रदेश १ का १० जिल्लामा ५७७ वटा परीक्षा केन्द्रबाट ४३ हजार २९९ जना र आंशिक १६ हजार ६ सय सन्तान्नबे परीक्षार्थी सामेल हुने शाखा अधिकृत राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्