विराटनगर–१३ का नरेश यादवको घरबाट तस्करीको औषधी नियन्त्रणमा

विराटनगर–१३ का नरेश यादवको घरबाट तस्करीको औषधी नियन्त्रणमा

विराटनगर । भारतदेखि औषधी तस्करी गरि घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छापा हानेर बरामद गरेको छ । विराटनगर–१३ का नरेश यादवको घरमा लुकाएर राखिएको अवस्थामा औषधी बरामद गरिएको हो ।

प्रहरीले यादवको घरबाट चार कार्टुन औषधी बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । बरामद औषधीको अनुसन्धानका लागि औषधी व्यवस्था विभागमा बुझाइएको छ ।

प्रहरीले औषधी घरमा लुकाएर राखेका यादवलाई भने नियन्त्रणमा लिएको छैन । उनी फरार भएको प्रहरीको दावी छ । बालुवा गिट्टीको कारोबार गर्दै आएका यादवले सीमापार समेत नेपालको बालुवा गिट्टी बिक्री गर्ने गरेको र त्यस क्रममा ट्याक्टरमै राखेर औषधी भित्र्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्