विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोकेका छन् ।
कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेश प्रदेशका प्रमुखलाई कोशी प्रदेशको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।
यसअघिका प्रदेश प्रमुख परशुराम खापुङ ५ वर्षे कार्यकाल पूरा गरी बिदाइ भएसँगै कोशीमा यो पद रिक्त थियो । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम राष्ट्रपतिले कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।