मोरङमा कार्यरत सशस्त्रका इन्सपेक्टरको कोरोनाबाट मृत्यु

मोरङमा कार्यरत सशस्त्रका इन्सपेक्टरको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको े विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको सोमबार राति ११ः२२ बजे मृत्यु भएको थियो। कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम नै गर्न छाडिसकेको उनले बताए ।

तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए । उनी गत भदौदेखि त्यहा कार्यरत थिए ।

व्याडमिन्टन खेल्दाखेल्दै एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा पीसीआर परीक्षण गराउँदा भोलिपल्ट अर्थात २७ गते रिपोर्ट पोजिटिभ आएको आइसोलेसन प्रमुख देवले जानकारी दिए । शवको विराटनगरको परोपकार घाटमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी अविवाहित हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्