पथरीका पूर्व गाविस अध्यक्षको कोरोनाबाट मृत्यु

पथरीका पूर्व गाविस अध्यक्षको कोरोनाबाट मृत्यु

विराटनगर । मोरङको तात्कालिन गाउँ विकास समिति पथरीका पूर्वअध्यक्ष तिलक वान्तवा राईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा राई मंगलबार बिहान मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईलाई कात्तिक २१ कोरोना पोजिटिभ देखिएको थियो ।

२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई पछिल्लो समय सामाजिक गतिविधीमा सक्रियु हुनुहुन्थ्यो ।
राईका एक श्रीमती, चार छोरी र दुुई छोरा छन् । जसमध्ये दीपक राई नेपाली फुटबलका राष्ट्रिय खेलाडी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्