सफारी चलाउदाँ चलाउदै विराटनगर २ का सुनिल मण्डलको मृत्यु

सफारी चलाउदाँ चलाउदै विराटनगर २ का सुनिल मण्डलको मृत्यु

विराटनगर । सडकमा सिटी सफारी चलाउदै गर्दा लडेर विराटनगर २ बस्ने ३५ वर्षिय सिटी सवारी चालक सुनिल मण्डलको मृत्यु भएको छ । सडकमा गुडिरहेको सिटी सफारीबाट भुइँमा ढलेका चालकको मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा मृत्यु भएको होे ।

सफारी चालक मण्डलको दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । मण्डल को २ ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै गरेको खुलेको छ । घटना भएका बेला सफारीमा चालक एक्लै रहेको खुलेको छ ।

एसपी खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । एक्कासि शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । तर सफारी भने सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खवर गरेका स्थानीय बासिन्दाले अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको बताएका छन् ।
उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खुट्टा सफारीमै अड्किएको र शरीर भुइँमा ढलेको अवस्थामा चालकलाई मृत फेला पारिएको एसपी खड्काले बताए ।

प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याउन खोजे पनि आफन्तले अवरोध गरिरहेका छन् । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताउँदै आफन्तले शवको पोस्टमार्टम गर्न आवश्यक नरहेको भनेर प्रहरीलाई अवरोध गरेका हुन् । उनीहरुले घटनास्थलबाट सिधै घरमा लगेर शवको दाहसंस्कार गर्ने अडान लिएका थिए ।

तर मृत्यु अस्वभाविक रहेका कारण घटनाको अनुसन्धान अघि बढाउनलाई शव पोस्टमार्टमका लागि लैजान आवश्यक रहेको एसपी खड्काले बताए । आफन्तले अवरोध गरेपछि शव अस्पताल लैजानका लागि थप मद्धतका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्