प्रधानमन्त्रीको विकल्प असंभव : मन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको विकल्प असंभव : मन्त्री श्रेष्ठ

विराटनगर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकारका प्रधाानमन्त्रीको विकल्प खोज्न नसकिने बताउनु भएको छ ।  विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले वर्तमान सरकारलाई हटाउन संसारको कुनै तागत लाग्न समेत नसक्ने दावी गर्नु भएको हो ।

शान्ति र स्थायित्वका लागि नेपाल कम्यूनिष्ट पार्टीलाई जनताले दुई तिहाई नजिक मत दिएको बताउँदै मन्त्री श्रेष्ठले अहिले कसैले पनि चाहेर सरकारको विकल्प खोज्न नसक्ने जिकीर गर्नुभयो । वर्तमान सरकार संसारका लागि नमूना भएको बताउँदै मन्त्री श्रेष्ठले राणा शासनपछिको पहिलो पूर्ण कार्यकाल सरकार सञ्चालन गर्ने नेतृत्व केपी शर्मा ओलीले पूरा गर्ने दावी गर्नुभयो ।

प्रधानमन्त्री परिवर्तनको कुरा असंभव रहेको बताउँदै मन्त्री श्रेष्ठले मन्त्रीहरु आवश्यकताका आधारमा हेरफेर हुनसक्ने बताउनुभयो । प्रधानमन्त्रीको राजनीनामा दिने वा उहाँको राजीनामा माग्ने भन्ने कुरा असंभव रहेको पनि उहाँको भनाई थियो ।

पार्टी भित्रको आन्तरिक विवाद ‘ठूला घरको ठूलो चाल झैं’ भएको बताउँदै मन्त्री श्रेष्ठले समुन्द्रमा छाल चलेपनि एकैछिनमा मथ्थर हुने बताउनुभयो । पार्टी भित्रको समस्या व्यवस्थापनमा दुवै अध्यक्षले आफ्नो क्षमता राख्ने बताउँदै विभाजनका लागि एकता नभएको बताउनुभयो ।

विराटनगरमा विभागिय कार्यालय संघीय आयोजना इकाई, मोरङको अनुगमनपछि मन्त्री श्रेष्ठले छनौट गरिएका योजना कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले बुधबार बिहान विराटनगरमा आरयूडिपी र सघन शहरी अन्तर्गतका आन्तरिक योजनासहित ल्याण्ड फिल्ड र नयाँ बसपार्क निर्माणका लागि आगामी योजनाको अनुगमन तथा छलफल गर्ने कार्यक्रम रहेको आयोजना इकाई कार्यालयका प्रमुख प्रदिप सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्