प्रदेश सरकारलाई भेन्टिलेटरसहित रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सरकारलाई भेन्टिलेटरसहित रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मंगलबार नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

मन्त्रालयलाई एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा हस्तान्तरण गरिएको छ ।
रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले कोरोना महामारी साझा समस्या भएको बताउनुभयो । उहाँले यसबाट नागरिकको सुरक्षा गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँगै अन्य सरोकार निकायको समेत उतिकै सहयोग आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पु¥याउने काम गरिएको बताउनुभयो ।
कोकाकोला र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्