घरबाट अवैध औषधी बरामदपछि फरार यादव पक्राउ

घरबाट अवैध औषधी बरामदपछि फरार यादव पक्राउ

विराटनगर । भारतबाट औषधी तस्करी गरेर घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेपछि फरार रहेका विराटनगर–१३ का ३५ वर्षिय नरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवको घरमा भण्डारण गरेर राखिएको चार कार्टुन औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो । औषधी बरामदका लागि छापा मार्न प्रहरी पुगेपछि फरार रहेका यादवलाई मंगलबार दिउँसो विराटनगरबाट पक्राउ गरिएको हो ।

यादवको घरबाट औषधी व्यवस्था विभागले स्वीकृत नदिएको औषधी बरामद गरिएको थियो । बरामद औषधी प्रहरीले बरामद गरेपछि उनी फरार रहेका थिए । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले यादवसँग सोधपुछ सुरु गरिएको बताउनुभयो । अवैध औषधी कसरी आयात गरियो भन्ने विषयमा प्रहरी अनुसन्धान सुरु गरेको एसपी खड्काले बताउनभुाये ।

प्रहरीले यादवको घरबाट ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिड्नीसोलोन इन्जेक्सन’ बरामद गरेको थियो । यी दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन । मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरि नेपालमा ल्याउँदा महंगो मूल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । दुई हजारदेखि दुई हजार ५०० रुपैँयासम्म पर्ने गरेको छ ।

प्रहरीले तस्करीको औषधी बरामद गरेपछि औषधी व्यवस्था विभाग विराटनगरले यहाँका केही फार्मेशीमा अनुगमन गरेको छ । मंगलबार दिउँसो विराटनगर १५ मा रहेको जीतु मेडिको फार्मेशीमा अनुगमन गरेको थियो । विभागबाट गएको टोलीले जीतु मेडिकोबाट कुनै त्यस्तो अवैध सामान नभेटिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्